SITE CONTENT  
  Home  
  Biography  
  म र मेरो गाँउ  
  Photo Gallery  
  Contacts  
  Misc ...  
         
  WEL COME TO SITE!      
         
  Hi, i'm binish from nepal, living in Qatar. My hobbies are listening to music watching TV. I love my country.
   
 

A self-motivated Certificate in Humanities with experience of Customer Services, Able to work on own initiative and part of a team, excellent interpersonal, communication and computer skill, dedicated to maintaining and contributing high quality standard in the various facets of work and able to take full responsibility.

         
 

मेरो सन्देश

झा“कृवास गाउ“का हे बाजे बज्यै, हे बुबाआमा प्रणाम छ, सबैलाई
हे नव युवा, हे दाजुभाई, हे दिदीबहिनी, सन्देश छ सवैलाई
जन्मभुमीमा, केही गर्नु पर्छ, सुनाई देउ सवैलाई
जाग है युवा, एकजुट भै, गरौ केही गाउ“लाई

गाउ“को परिचय

नेपालको पर्ुर्वि पहाडी जिल्ला खोटाङ्गको उत्तरी भुभाग, बाकाचोल गा.वि.स. मा पर्ने सोलुखुम्वुको सिमानमा जेडीएर रहेको, रावा खोला एवं दुध कोशीले दाया“ वाया“ बाट घेरीएर पहाडको थुम्कोमा पर्ुव दिशा फर्किएर ठाडे डा“डाको काखमा अवस्थित एउटा सानो, सुन्दर र दर्ुगम गाउ“को नाम हो झा“कृवास । यहा“ बाट प्राकृतिक सुन्दरताले सजिएको, उत्तरमा सोलुखुम्वु जिल्लाको कुम्भकर्ण्र्ााहमशृंखलामा पर्ने कुम्भकर्ण्र्ााचारपाटे जस्ता चा“दी झै टल्कने हिमालहरुको दृष्य, दक्षिणमा हलेसी महादेवको थुम्का, लामिडा“डा एयरपोर्ट एवं ओखलढुंगाका मनोरम दृष्यहरु, पर्ुवमा चिलीमढुंगा, रुपाकोट र बाने पोखरी, पश्चिममा नेलेबजार, दुधकुण्डको दृष्य र अन्य मनोरम दृष्यहरु सजिलै अवलोकन गर्न सकिन्छ।

झ“ाकृवास गाउ“को नाम झा“कृवास नै किन रहन गयो भन्ने कुरा ८५ वषर्ीय वृद्ध मान बहादुर तामाङ -मोक्तान) र उहा“को भतिज गंग बहादुर लामा तामाङ -मोक्तान) को भनाई अनुसार जस्ताको तस्तै राखेको छु ।

यस गाउ“को उत्तर दिशामा करीव २०० मिटर टाढा पर्ने रुम्चो जङ्गलको पारी पट्टी बुलुथुम्कीको भीरमा अवस्थित एउटा सुन्दर गुफा छ । त्यस गुफामा त्यहा“का गोठालाहरुले गाईवस्तु चराउदा दिउ“सो झा“कृको ढ्याङरो बजाई ओडारभित्र झा“क्री बसेको सुन्ने र ओडारबाट हर्ेदा-हेदै बाहिर निस्केर गाईवस्तुहरुको भिडमा नै हिडि रहेको देखिन्थ्यो र केटा-केटीहरु डराएर हल्ला-खल्ला गरी वुढा-पाकाहरुलाई सोध्न जान्थ्ो' र वुढा-पाकाहरुले वन झा“क्री भनेको त्यही हो, त्यसलाई जिस्काउनु र चलाउनु हुदैन, त्यसलाई जिस्कायो र चलायो भने वस्तुभाउ, जिउ धनमा क्षति नोक्सानी गराउछ भन्थ्ो' । रातमा गोठालोहरु सुतेको ठाउ“मा आई चिसो हातले गालातिर मुर्सार्न आउथ्यो 'रे । झा“कृबास गाऊको सिरानमा हङचुर गा.वि.स. का कार्कीहरुले पनि गोठ ल्याई बस्ने गर्थे 'रे । त्यस गोठमा गोठालाले वस्तुको दुध दु“हुदा त्यस वन झा“क्रीले पनि दुध दुहुने, मोहि पार्दा पनि संगै बसेर मोहि पार्ने, गोठालो नुहाएर कपालमा घिउ लगाउ“दा उसले पनि घिउ लगाउने गरेछ । त्यो गोठालो र्घर्ति रहेछ । त्यसरी आफूले जे गर्‍यो त्यसले पनि त्यहि गर्दा गोठालोलाई दिक्क लागेछ । एक दिन उसले घिउको सट्टामा सल्लाको खोट्टो ल्याई राखेछ । त्यस दिन संधै भ+mै कपालमा घिउ लगाउदा आफूले चाँहि घिउ नै लगाएर त्यस वन झाँक्रीलाई सल्लाको खोट्टो लगाउन दिएछ । त्यस गोठालोले कपालमा घिउ लगाएर आगो बालेर सेकाउन थालेछ , त्यसरी नै वन झाँक्रीले पनि आगोले सेक्न खोज्दा कपालमा आगो सल्केर जिऊ भरि नै आगो सल्केछ । त्यसपछि त्यो झाक्री आगो निभाउदै त्यहा“बाट भागेछ । त्यस दिनदेखि त्यहा कहिल्यै पनि त्यो झाक्री फर्केर नआएछ र कसैले पनि त्यहा“ देख्न र सुन्न पाहिएको छैन । यो कुरा १९०० सालतिरको हो । त्यसरी आगो लागेको भोलिपल्ट त्यस गोठालाको गाई, भैंसी, भेंडा, बाख्रा गरि जम्मा ७५ वटा वस्तुभाउ एकै दिनमा मरेछन् । त्यसपछि गोठालो बाकी रहेको एउटा कुकूर र भाँडा-कुडा लिएर घर फर्केछ । यसरी वन झा“क्रीले पहिले देखीनै बास लिएको कारणले यस गाऊको नाम झाकृबास रहन गएको भन्ने भनाई प्रचलित छ ।

वासिन्दा
परापर्ुवकाल देखी नै तामाङहरुको मात्र वस्ति रहेको यस गाउ“मा हाल अनुमानित ४०० जना जति जनसंख्या रहेको अनुमान गर्न सकिन्छ । यस गाउ“मा विकासको कमिले गर्दा साथै आधुनिक सुविधाको खोजीले गर्दा बसार्“इ र्सर्ने क्रम दिनानुदिन बढीरहेको छ र झा“कृवास गाउ“का वासिन्दाहरु खास गरी लुक्लाबजार, पर्ुवमा धरान र काठमाडौको बौद्धमा विस्थापित भएर बसेका पाइन्छन् ।

गाउ“को विकास
विकासको दृष्टीकोणले हर्ेर्ने हो भने यस गाउ“मा शैक्षीक, भौतिक एवं आर्थिक रुपमा खासै कुनै नौलो प्रगति भएको देखीदैन । यस गाउ“मा हाल सम्मको विकास क्रमलाई नियाल्दा २०३३ सालमा प्राथामिक विद्यालयको निर्माण भएको छ, जुन विद्यालयमा कक्षा ५ सम्मको अध्यापन गर्राईन्छ । हाल सम्म यस विद्यालयबाट अध्ययन गरेका विद्यार्थीहरु मध्ये एस.एल.सी. सम्मको अध्ययन गर्ने करीव १०० भन्दा वढी भए तापनि आर्थिक समस्याका कारण १ जनाले मात्र स्नातक तह, ६ जनाले प्रमाण पत्र तहको अध्यायन सम्पन्न गरेका छन भने, जस मध्ये पनि एक कम्प्युटर डिप्लोमा, एक पत्रकार र एक मात्र चार्टर एकाउन्टेन्ट अध्यानरत छन् । अन्य भौतिक विकासमा २०४९ सालमा खानेपानी योजना गैर सरकारी संस्थाको सहयोगमा सम्पन्न गरीएको छ, यस योजनाबाट पुरा गाउ“नै लाभवान्वित रहेको छ । हाल आर्थिक एवं सामुदायिक विकासका लागी भरिया विकास संघ तथा आमा समुहहरु लागी परेका छन् ।

धार्मिक दृष्टिकोषले हर्ेदा झाकृबास गाउ“मा वौद्घ धर्मको झुकाव रहेका कारण यस गाउ“को गर्ुर्दुम डाडा“मा लहरै गोरुको जुरो जस्ता उठेका स-साना डाडा“हरुको बीचमा थाल जस्तो र फूल फुल्न लागेको कोपिला जस्तो भएको ठाऊमा पेमा थाईलीङ गुम्बाको स्थापना भई ठुलो पोखरी बीचमा ढुङ्गा हान्दा पानी फिजीएर गएजस्तो , फूल बगैचामा ढकमक्क फुलि फूलको वास्ना टाढा पुगी वास्नाको सुगन्धित मिठो लागे जस्तो सामजिक सेवाको र धार्मिकताको बाटोलाई टेको दिने खालका रहेको छ ।गाउ“को वार्ड नं. ९ थाले गर्ुर्दुम डाडा“मा अवस्थित पेमा थाईलीङ गुम्बा २०४० सालमा गगं बहादुर लामा -तामाङ) को संयोजकत्वमा स्थापना भएको हो । यहा“को प्रमुख लामा पनि गगं बहादुर तामाङ नै रहेका छन् भने उनका साथमा अन्य दस जना तामाङ लामाहरु पनि रहेका छन् । तर यो गुम्वा तामाङहरुको सक्रियतामा निर्माण भएतापनि यसको उचित सम्भार एवं मर्मत कार्य नहुदा यो गुम्वा जर्जर अवस्थामा पुगेको छ साथै केन्द्रको नजर नपुगेका कारण यस गाउको आर्थिक,सांस्कृतिक एवं धार्मिक अवस्था निकै जर्जर हुन पुगेको छ ।

पेशा
यस गाउ“को मानिसहरुको मुख्य पेसा कृषि नै हो । यहा“को मुख्य खेति आलु, मकै र गहु“ हो भने पशुपालनमा गाई, भैंसी, भेडा र बाख्रा पालन गरिन्छ । अहिलेका नव युवाहरु भने पर्यटन उद्योग, व्यापार,वैदेशिक रोजगार एवं अन्य आयमुलक पेशामा संलग्न रहेको पाईन्छ ।

यस गाउ“का मानिसहरु सामान किन बेचको लागी करिव एक घन्टा टाडा पर्ने ऐसंेलर्ुखर्क बजार जाने गर्दछ, जुन बजार खोटाङ्ग जिल्लाको उत्तरी भेगकै केन्द्र विन्दु मानिन्छ । ऐसंेलर्ुखर्क बजार दर्ुगम भए पनि सुविधा युक्त बजार हो । यहा“ कृषि विकास बैंक, बाणिज्य बैंक, प्रहरी चौकी, हुलाक सेवा, हेल्थपोष्ट, मेडीकल, टेलीफोन, देखी लिएर उच्च माध्यमीक विद्यालय सम्मको अध्यापन गराइन्छ ।

एक जना स्नातक तह
रमेश तामाङ

प्रमाण पत्र तह
नारयण कुमार तामाङ
धन बहादुर तामाङ
बिनेश कुमार तामाङ
नन्द कुमार तामाङ
राजु तामाङ
विष्णु कुमार तामाङ

कम्प्युटर डिप्लोमा
बिनेश कुमार तामाङ
पत्रकार
राजु घिसीङ

चार्टर एकाउन्टेन्ट
विष्णु कुमार तामाङ